ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नयाँ बर्ष २०७२ को अवसर पारेर गैरआवासीय नेपाली संघ फिनल्याण्डले आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रममा नायक राजेश हमाल फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा जाने भएका छन् । अप्रिल १८ तारिखमा हेल्सिन्कीस्थित ग्लोरिया हलमा आयोजना गर्न लागिएको कार्यक्रममा हमालसँग नायिका नन्दिता केसी, गायक बिबेक श्रेष्ठ र हिमाल सागर पनि उक्त कार्यक्रममा सहभागी हुने छन् ।
फिनल्याण्डका बिभिन्न विश्वबिद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययन गरिरहेका सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान प्रदान गरिने कार्यक्रम समेत रहेको आयोजक संस्थाले जानकारी दिएको छ । उक्त कार्यक्रम सम्पन्न भएपछि नायक हमाल सहित नन्दिता केसी, गायक बिबेक श्रेष्ठ र हिमाल सागर यात्रा फाउन्डेसनले गर्न लागेको कल्चरल टुरमा उनीहरु सहभागी हुनेछन् ।