‘पाइरेट्स अफ द क्यारेवियनस् डेड म्यान टेल नो टेल’को सुटिङस्थल अष्ट्रेलियामा हलिउड अभिनेता जोनी डिप घाइते भएका छन। उनी गत सप्ताहन्तमा घाइते भएका हुन। हाल उनी अभिनित हलिउड फिल्मको अष्ट्रेलियामा छायाङ्कन भइरहेको छ।
‘भेराइटी डटकम’का अनुसार ५१ वर्षिय अभिनेता कसरी घाइते भए भन्ने बारेमा केही खुलाएको छैन। डिपलाई शल्यक्रियाको लागि अमेरिका लगिदैंछ। घाइते भएपछि उनी फिल्मको सुटिङमा केही हप्ता नहुने बताइएको छ। फिल्मको सुटिङ् गत महिनाबाट सुरु भएको थियो।
फिल्म सन् २०१७ को जुलाई ७मा रिलिज हुनेछ। फिल्ममा उनी क्यापटेन ज्याक स्प्यारोको भूमिकामा रहेका छन।