सौगात र प्रियंकालाई वर्ष व्यक्ति सम्मान | ‘फिल्मी खबर’ साप्ताहिक छैटौँ बर्षमा



filmykhabar-weekly-samman-saugat-bista

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
साप्ताहिक रुपमा प्रकाशन हुने पत्रिका ‘फिल्मी खबर’ले आफ्नो छैटौँ वार्षिक उत्सवको अवसरमा ‘फिल्मीखबर बर्ष व्यक्ति(पुरुष र महिला)’ घोषणा गर्दै सम्मान प्रदान गरेको छ । बिहिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘फिल्मी खवर’ ले ‘फिल्मी खवर ०७१ को वर्ष व्यक्ति’ मा पुरुषतर्फ बाल निर्देशक सौगात विष्ट र महिलातर्फ नायिका प्रियंका कार्कीलाई दिएको छ ।

यस बर्ष सर्वाधिक चर्चामा रहेका सौगात र प्रियंकालाई सम्मान गरिएको हो । पत्रिकाका सम्पादक शान्तिप्रियले सौगातले ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएकोमा सौगातलाई सम्मान गरिएको बताए । र त्यस्तै नायिका प्रियंका कार्की यस बर्ष स्क्यान्डल, गसिपका मात्र नभएर उनको नै यस बर्ष सबैभन्दा बढि फिल्महरु प्रदर्शनमा आएका कारण प्रियंकालाई सम्मानित गरिएको बताए ।

फिल्मी खबरको छैटौँ बार्षिक उत्सवमा वर्ष व्यक्तिलाई सम्मान गर्दै पत्रिकाले आफ्ना कर्मचारी, सहयोगी तथा विभिन्न व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिलाई समेत सम्मान गर्यो । सम्पादक शान्तिप्रसाद उपाध्याय(शान्तिप्रिय)ले सुरुमा पत्रिका प्रकाशनमा ल्याउँदा बजारमा ‘फिल्मी खबर’ बिक्छ भन्नेमा विश्वसा नलागेको खुलाए । कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरुले पत्रिका सफलताको शुभकामना दिएका थिए । यो पत्रिका हरेक बिहिबार प्रकाशन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu