फ्राइडे रिलिज: चलचित्र ‘किल्ला’ र ‘जोश’



killa-release

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भ्रष्टाचार, राजनीति, राष्ट्रियता विषय उठान गरेको चलचित्र ‘किल्ला’ देशव्यापी रिलिज भएको छ । यस चलचित्रमा सुभाष मेचे, सुरभी जैन, पुकार भट्टराई, विल्सन विक्रम राईको मुख्य भूमिका छ । कलाकार प्रिया रिजालले यो चलचित्रको एक गीतमा आइटम नृत्य गरेकी छिन् । मेचे फिल्मस्को ब्यानरमा रक्षा मेचेको प्रस्तुती रहेको चलचित्र ‘किल्ला’लाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् ।

त्यस्तै, समयसँग सम्झौता नगर्ने केही युवाको जोशमा आधारित भएर निर्माण भएको चलचित्र जोशले आजबाट प्रदर्शन आरम्भ गरेका हुन् । जोशमा सुशील क्षेत्री, जेनिशा केसी, बिरेन डिसी, उमेश खड्का, पंकज खड्का, दुर्गा सापकोटा, रमेश वाइवा तथा राज श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu