विक्की क्षितिज भए हर्षिका बादल (भिडियो)



Vicky-MALLA-and-harshika-shrestha-cycle-song-thuloparda-dot-com

ठुलोपर्दा डटकम, काठमाण्डौ।
शिव घिमिरेले निर्देशन गरेको चलचित्र ‘साइकल’ को नयाँ गीत सार्वजनिक गरिएको छ । शम्भु रााइका र सञ्जिवनीको स्वरमा रहेको ‘म क्षितिज भए तिमी बादल’ बोलको गीतमा शंकर अधिकारी ‘घायल’का शब्द, राजेन्द्र श्रेष्ठको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार हर्षिका श्रेष्ठ र विक्की मल्ल देखिएका छन् । रत्न बहादुर श्रेष्ठ, श्रीमाया श्रेष्ठ, श्रृष्टी थापा र धनुका राईको सयुक्त लगानी रहेको ‘साइकल’मा बिक्की मल्ल, हर्षिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारी, विजय देउजा, रश्मी भट्ट, टेकबहादुर केसी, आनन्द पुन, रोशन श्रेष्ठले अभिनय गरेका छन् भने विश्व साइकल यात्री पुष्कर शाह र गायक राजेशपायल राई विशेष भूमिका प्रस्तुत छन् ।

चैत्र २० गते देशभर रिलिज हुने यस चलचित्रमा एउटा गरिब तर जेहेन्दार विद्यार्थीको संघर्ष तथा एउटी सम्पन्न युवतीको अहमताबिचको द्वन्द्वात्मक कथा प्रस्तुत गरिएको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu