अष्ट्रेलियामा ‘बिर्खेलाई चिन्छस् ?’



birkhe

ठुलोपर्दा डटकम, सिड्नी।
नेपालमा राम्रो व्यापार गरेको कमेडी चलचित्र ‘बिर्खेलाई चिन्छस् ?’ अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । फिल्म आगामी अप्रील १८ र १९ मा सिड्नीको हष्र्टभिल सिभिक थिएटरमा प्रदर्शन हुने भएको हो । अष्ट्रेलियाको कम्पनी स्मार्ट राइनो ग्रुपले फिल्म प्रदर्शनको जिम्मा लिएको हो ।

यस अघि गरेका सबैजसो इभेन्टमा नेपालीको उत्साहजनक सहभागिता रहँदै आएकाले बिर्खेलाई हेर्न समेत धेरै जना आउनेमा राइनो ग्रुप विश्वस्त छ । डी एण्ड डी मुभिजको प्रस्तुतीमा सुवास थापा निर्माता रहेको फिल्ममा सुवास सहित आयुषा राई, विनिता खडका, सुरेस उप्रेती, बालदीप राई लगायतको अभिनय रहेको छ । चलचित्रलाई अराज केशवले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu