‘नाईं नभन्नु ल ३’ को मर्मस्पर्शी गीत रिलिज (भिडियो)



yo-man-dhunga-nai-nabhanu-la-3-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत २७ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नाईं नभन्नु ल ३’को नयाँ गीत रिलिज भएको छ । विकास आचार्यको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको ‘यो मन बरु ढुङगा भए हुन्थो’ बोलको गीतमा संयोग योगीको स्वर रहेको छ ।

गीतमा चलचित्रका प्राय: कलाकारहरु देखिएका छन् । गीतमा एकअर्काको पिडालाई देखाउन खोजिएको छ । चलचित्रमा अनुभव रेग्मी, सफला भट्टराई, आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईँटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डिसी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । सांगीतिक प्रेमकथामा बनेको ‘नाईं नभन्नु ल ३’ लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

वान टाइम सिनेमा प्रालीको व्यानरमा बनेको यो फिल्मका लेखक तथा निर्माता विकास आचार्य हुन् । ‘नाईं नभन्नु ल ३’लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu