ठुलोपर्दा डटकम, काठमाण्डौ।
पुस्तानान्तरण, गाउँघरमा मोवाइल फेसबुक र मोटरसाइकले पारेको प्रभावलाई देखाउने गरि सर्वनाम थिएटरमा नाटक ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ ।
नाटक जिम्दा सपना सर्वनामकै राज शाहले लेखन तथा निर्देशन गरेका हुन भने नाटकमा कलाकार अर्जुन न्यौपाने, दिपेश पौडेल, आदित्य शर्मा, एमरल्ड विश्वदिप, शिशिर सिवाकोटी, डिकेश मर्हजन, सविना गोपाली, सुप्रिया राना मगर, सिमोन खड्का, सिता राना मगर, विकास लम्साल, प्रणव चौधरी, अर्पण बस्नेत, बसन्त पोखरेल र स्यंम राज शाहले पनि अभिनय गरेकाछन । यही चैत्र १४ गते सम्म सर्वनाम नाटकघर कालिकास्थानमा मञ्चन हने यस नाटकमा जुठेको अभिनयम देखिएका अर्जुन न्यौपाने, टंकेको भुमीका देखिएका रोमश एमरल्ड, टंकेनीको भुमिकामा देखिएकी सिता रानाको अभिनय प्रशंसनिय रहेको नाटक हेर्न आएका दर्शकहरुले बतएका छन् ।
नाटक सुरु भएदेखि नै हसाउन सुरु गर्ने यो नाटकले अन्तमा सबैलाई रुवाउँछ । जिम्दा सपनाले नेपाली समाजमा बढ्दै गएको रेमिटेन्स सँस्कृतिलाई चोटीलो प्रहार गरेको छ ।