भाग्दै कता पुग्लिन केकी ?



Bhag-Sani-Bhag

ठुलोपर्दा डटकम, काठमाण्डौ।
संगीतकार चेतन सापकोटाले चलचित्र निर्माणमा हात हालेका छन् । धेरै नेपाली चलचित्र र आधुनिक गीतहरुमा भरेका सापकोटाले बिहिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘भाग् सानी भाग्’नामक चलचित्रको औपचारिक घोषणा गरेका छन् ।

नवल नेपालको लेखन र निर्देशनमा निर्माण हुने यस फिल्मको शनिबारबाट छायांकन सुरु हुने चलचित्रका कार्यकारी निर्माता एवं संगीतकार चेतन सापकोटाले जानकारी दिए । यस फिल्ममा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहनेछ । रंगीन सपना बोकेर गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रको पर्दामा देखाइने बताउँदै निर्माता सापकोटाले चलचित्र हेरेपछि दर्शकहरुले केहि नयाँ स्वाद पाउने दाबी गरे ।

कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले आफु यस चलचित्रमा भागिरहने बताइन् । चलचित्रमा आफु फरक भुमिकामा देखिन लागेको जानकारी दिँदै केकीले चलचित्र दौडको कथा नभएर नारीप्रधान चलचित्र भएको बताइन् । त्यस्तै कार्यक्रममा बोल्दै नायक सविन श्रेष्ठले यस चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जनसँगै सन्देशपनि दिने खुलाए । कार्यक्रम सुरु भएपछि सबैलाई अचम्ममा पर्ने तरिकाले नायिका केकी अधिकारी भाग्दै आएका थिएन भने साथमा नायक सविन श्रेष्ठपनि भाग्दै कार्यक्रमस्थलमा आइपुगेका थिए ।

चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँईको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu