बैंगलोरमा ३ हजार दर्शकमाझ नेपथ्य ब्यान्ड



nepathya-banglore

१४ वर्षअघिदेखि शान्तिका लागि शिक्षाको सन्देश दिँदै देशका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै आएको नेपथ्य ब्यान्डले भारतको बैंगलोरमा आफ्नो प्रस्तुती दिएको छ । स्थानीय आरआर इन्स्टिच्यूटको मैदानमा जम्मा भएका तीन हजारभन्दा बढी दर्शकलाई टोलीले नेपालीपनको माया बाँडेको थियो ।

भारतका करिब आधा दर्जन स्थानमा कन्सर्ट गरिसकेको नेपथ्यको दक्षिण भारतमा पहिलो कन्सर्ट भएको अमृत गुरुङले बताए । दुई घन्टाको कन्सर्टमा रेसम, छेक्यो छेक्यो, तालको पानी, जोगले हुन्छ भेटजस्ता नयाँ पुराना चर्चित गीतहरु गाएर नेपथ्य ब्यान्डका कलाकारहरुले भरपुर मनोरञ्जन दिएका थिए । ‘तपाईहरु आफ्नो गाउँ शहरबाट यति टाढा पढ्न को लागि आउनु भएको छ जे कामको लागी आउनु भएको हो त्यो उदेश्य पुरा होस् मेरो शुभकामना ।’ गायक गुरुङले भने, ‘आफु जहाँ वसेपनि त्यहाँको समाज, रिति रिवाज, धर्म सवैलाई आदर गरेर मिलेर बस्नुहोला ।’

नेपथ्यमा टोलीका मुख्य गायक अमृत गुरुङलाई किबोर्डमा सुरज, ड्रमसेटमा ध्रुव, बेस गितारमा सुविन, लिड गितारमा निरज र मादलमा शान्तिले सघाएका थिए । गत अगस्टमा दोहामा कन्सर्ट गरेपछि केही महिना नेपथ्यले सांगीतिक यात्राबाट विश्राम लिएको थियो। यसबीचमा नेपथ्यले नयाँ एल्बमको तयारी गरेको छ। नयाँ एल्बमका लागि रेकर्डिङ सकिइसकेको र चाँडै नै श्रोतामाझ आउने गायक अमृत गुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu