हङकङमा ‘चकलेट’ देखाइने



Chocolate-hongkong-premierठुलोपर्दा डटकम, काठमाण्डौ।
नायिका हुँदै निर्मात्री बनेकी पुजना स्त्रीले निर्माण गरेको चलचित्र चकलेट २८ जुनमा हङकङ स्थित यौ मा तेइ कम्युनिटी हलमा प्रदर्शन हुने भएको छ । नेपालमा हालसम्म रिलिज मिति घोषणा नगरिएको चलचित्र चकलेटलाई यसै फिल्मकी निर्मात्री खुसि गुरुङले हङकङमा देखाउने प्रबन्ध मिलाइकी हुन् ।

केहि बर्ष देखि हङकङमै बसोबास गरिरहेकी खुसिले चकलेट फिल्मबाटै नेपाली सिनेनगरीमा हात हालेकी हुन् । यो चलचित्र तनहुँ समाज हङकङको सहयोगमा देखाउन लागिएको हो । नेपालमा हालसम्म प्रदर्शन मिति तय नभइसकेको हुनाले चकलेट हङकङमा प्रदर्शन गर्न लागिएको निर्मात्री गुरुङले जानकारी दिइन् । चलचत्रिलाई खुसी गुरुङ, प्रतिमाया गुरुङ र केशब तामाङले पुजना फिल्म्स्को ब्यानरमा निर्माण भएको हो । जसमा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराई,सुमन गैरे लगायतका कलाकारहरुको मुख्य भुमिका चलचित्रमा रहेको छ ।

निर्मल शर्माले निर्देशन गरेको चलचित्र चकलेटमा पुजनाको मुख्य अभिनय रहेको छ । काठमाडौंको दरबार मार्ग क्षेत्रमा रहने बाल बालिकाहरुको जीवन कथा उठान गरेको चलचित्र पुर्ण रुपले सामाजिक कथामा तयार भएको पुजनाले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu