सकियो करिश्माको ‘फागु’



fagu-endclap

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको नेपाली चलचित्र ‘फागु’को मंगलबारबाट सम्पुर्ण छायांकन सकिएको छ । विरगञ्ज आसपासमा ३६ दिनको छायांकन पश्चात मंगलबार मात्र फागुको सम्पुर्ण छायांकन सकिएको नायिका करिश्मा मानन्धरले जानकारी दिइन् ।

केहि दिनको विश्रामपछि फागुको पोस्ट प्रोडक्सनको काम सुरु हुने नायिका मानन्धरका श्रीमान एवं निर्माता विनोद मानन्धरले जानकारी दिए । ०७२ सालको दशैँ र तिहारको बीचमा प्रदर्शन हुन सक्ने चलचित्र फागुमा वसन्त भट्ट, गौरी मल्ल, सुवास पराजुली, शिल्पा पोखरेल, राजेश हमाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो चलचित्रमा नायिका शिल्पा पोखरेलले मुख्य भूमिका निर्वाह गरेकी छिन् । तराईको पृष्ठभूमिमा आधारित यो चलचित्रलाई सम्झना रौनियार उप्रेतीले निर्देशन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu