‘स्पेक्टर’ नामक चलचित्रमा बेलायती अभिनेता ड्यानियल क्रेग नै जेम्स बोन्ड भुमिकामा देखिन लागेका छन् । हाल छायांकनरत हलिउड चलचित्र स्पेक्टरमा बोन्डका रुपमा यो उनको चौथो फिल्म हुनेछ । र, नोभेम्बरमा आउने यो फिल्मको निर्देशन साम मेन्डिसले गर्दैछन् ।
फिल्ममा एन्ड्रयु स्कट, डेभिड बुटिस्टा, मोनिका बेलुची, राल्फ फिनेस आदि कलाकारले अभिनय गर्नेछन् । फिल्मको सुटिङ पाइनवुड लन्डन, रोम, मेक्सिको सिटी, मोरक्को आदि स्थानमा हुने बताइएको छ । जेम्स बन्डका रुपमा डेनियल क्रेगको यो चौथो चलचित्र हुनेछ । सन् २००५ मा रिलिज भएको फिल्म क्यासिनो रोयलबाट जेम्स बन्ड बनेका क्रेगले त्यसयता क्वान्टम अफ सोलेस र स्काईफलमा अभिनय गरेका थिए। स्काईफल जेम्स बन्ड सिरिजमध्ये सबैभन्दा बढी कमाउने चलचित्र मानिन्छ।