तनहुँमा भाग्दै केकी



BHAG-SANI-BHAG

ठुलोपर्दा डटकम, दमौली।
संगीतकार चेतन सापकोटाले निर्माण गरेको चलचित्र ‘भाग् सानी भाग्’को छायांकन अहिले धमाधम भईरहेको छ । नवल नेपालले निर्देशन गरिरहेको चलचित्र ‘भाग् सानी भाग्’ अहिले तनहुँको दमौलीमा छायांकन भईरहेको छ । केहि दृश्यको छायांकनका लागी हाल आफुहरु तनहुँमा रहेको निर्देशक नेपालले जानकारी दिए । निर्देशक नवलले अगाडी भने हामीले चलचित्र राम्रो बनाउन निकै मेहेनत गरेका छौँ, आश छ चलचित्र राम्रो बन्नेछ ।

नेपाली आधुनिक गीतहरु देखी चलचित्रका गीतहरुमा संगीत भर्दै आएका संगीतकार चेतन सापकोटाले पहिलो पटक निर्माण गरेको यस चलचित्रको छायांकन चैतको अन्तिम तरि सम्पन्न हुने निर्माणपक्षले जानकारी दिएको छ । रंगीन सपना बोकेर गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रको पर्दामा देखाइन लागेको जानकारी दिदैं निर्माता एवं संगीतकार सापकोटाले चलचित्र हेरेपछि दर्शकहरुले केहि नयाँ स्वाद पाउने दाबी गरे ।

चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । साथीभाई फिल्मस्का लागि बिष्णु चापागाईँको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहनेछ । यस चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहनेछ ।

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu