बेलायतको प्रसिद्ध म्युजियम ‘म्याडम तुसाद’मा बलिउड अभिनेत्री कट्रिना कैफको मैन मुर्ति राखिने भएको छ। विश्वका चर्चित कलाकारको मैन मुर्ति राखिने बेलायतको यो संग्राहलयमा करिब १ करोड ४० लाख भारु खर्चेर बनाइएको कट्रिनाको मुर्तिपनि राखिन लागेको हो ।
सन् २००० बाट बलिउडका कलाकारको मुर्ति राख्न थालिएको संग्राहलयमा अमिताभ बच्चन, शाहरुख खान, ऐश्वर्या राय, सलमान खान लगायतका बलिउड कलाकारका मुर्तिपनि राखिएको छ ।