एन्जेलिनालाई खलनायिकाको अवार्ड



Angelina-joile-villian-award

केहि समय अगाडी मात्र आफ्नो पुन स्तन सर्जरी गराएकी हलिउड अभिनेत्री एन्जेलिना जोली एक अवार्ड कार्यक्रममा लामो समयपछि देखिएकी छिन् । स्तन सर्जरी भएको बेला देखी कुनै पनि कार्यक्रममा नदेखिएकी एन्जेलिना जोली पहिलो पटक किड्स च्वाइस अवार्डस् कार्यक्रममा सहभागी भएकी छिन् ।

उनले उक्त अवार्ड कार्यक्रममा हलिउड चलचित्र मेलफिशेन्टबाट खलनायिकाको अवार्ड पनि प्राप्त गरेकी छिन् । एन्जेलिनाले चलचित्र मेलफिशेन्टमा नकारात्मक भुमिकामा निभाएकी थिइन् । चलचित्र मेलफिशेन्टबाट अभिनेत्री एमा स्टोनले उत्कृष्ट नायिकाको अर्वाड हात पारेकी थिइन् । उक्त किड्स च्वाइस अवार्डस्मा एन्जेलिनासँग उनको १० बर्षका छोरा जहारा र ८ बर्षकी छोरी शिलोह पनि उपस्थित भएका थिए ।

एन्जेलिनाले २०१३ मा पाठेघरको अप्रेशन गरेकी थिइन तर उनको शरिरमा क्यान्सरको संक्रमण निकै बढेपछि हालै मात्र एन्जेलिनाले स्तन सर्जरी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu