ठुलोपर्दा डटकम, काठमाण्डौ।
०७२ जेठ आठ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र अर्धकट्टीको अफिसियल ट्रेलर रिलिज भएको छ । द्वारिका उदय प्रोडक्सनको ब्यानरमा प्रदीप कुमार उदयले निर्माण गरेको चलचित्र ‘अर्धकट्टी’को सार्वजनिक ट्रेलर कमेडी बनाईएको छ ।
ट्रेलरमा चलचित्रका कलाकारहरुले बोलेको सम्वाद निकै रोचक देखिएको छ । माया, प्रेम, रोमान्स, द्वन्द्वलाई समेटिएर सार्वजनिक गरिएको ट्रेलरले दर्शक अझ चलचित्रप्रति उत्सुक हुने विश्वास राखिएको छ ।
‘अर्धकट्टी’मा विल्सन विक्रम राई, अशिष्मा नकर्मी, गौरव पहारी, रिस्ता बस्नेत र नव कलाकार प्रदिप बास्तोला लगायतका कलाकारलाई देख्न सकिन्छ । साथै, नायिका नम्रता श्रेष्ठलाई विशेष भूमिकामा देख्न सकिन्छ । चलचित्रलाई रंगपत्रकार सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।
ट्रेलर हेर्नुहोस्: