शाहिदलाई दीपिकाको बधाई



deepika-padukone

बलिउडका चकलेटी नायक शाहिद कपूरलाई यति बेला बधाईको ओहिरो लाग्न थालेको छ । बलिउडमा एकपछि अर्को गर्दै सफल चलचित्र दर्शकमाझ पस्किसकेका शाहिदले बलिउड चलचित्रको दृश्यमा धेरै पटक बिबाह पनि गरिसकेका छन् तर अब भने शाहिद रियल लाइफमै बैबाहिक जीवनमा बाधिदैं छन् ।

दिल्लीकी मिरा राजपुतसँग डिसेम्बरमा बिबाह गर्न लागेका शाहिदलाई बलिउडका चर्चित कलाकारहरुले शुभकामना दिइसकेका छन् । त्यहि क्रममा दिल्लीमा भएको एक कार्यक्रममा सगैं सहभागी भएका बलिउड अभिनेत्री दीपिका पादुकोणले पनि शाहिदलाई बिहेको बधाई दिएकी छिन् । कार्यक्रममा शाहिद र दीपिका लामो समयसम्म गफ पनि गर्नमा व्यस्त देखिएका थिए ।

भारतीय सञ्चारमाध्यमले बताए शाहिदले आफ्नो बिबाहको निम्तो पनि दीपिकालाई दिइसकेका छन् । खबरका अनुसार दीपिकाले शाहिदसँग मिरा राजपुतको बारेमा पनि धेरै कुरा सोधेकी थिइन र शाहिदले पनि मिराको बारेमा सम्पुर्ण जानकारी दिएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu