तीन बर्षपछिको रिमेशको ‘नालापानी’



rimeshठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता रिमेश अधिकारीले करिब ३ बर्षको विश्रामपछि चलचित्र निर्माण गर्ने भएका छन् । ‘नालापानी’ नाम राखिएको चलचित्र निर्माण गर्न लागेका रिमेशले विर योद्धा बलभद्र कुवँरको शाहष र बहादुरीको कथामा चलचित्र निर्माण गर्न लागेको जानकारी दिए ।

शिवम अधिकारीले निर्देशन गर्ने उक्त चलचित्रलाई रिमेश अधिकारीले लगानी गर्ने छन् । चलचित्रको छायांकन वैशाखको अन्तिमबाट सुरु हुने निर्माता अधिकारीले जानकारी दिएका छन् । यस अघि बसमा छैन यो मन, म बिर्सु कसरी र विरासत निर्माण गरेका रिमेशले करिब ३ बर्षपछि चलचित्र नालापानी निर्माण गर्न लगेका हुन् । पद्मकुमारी फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्रमा सविन श्रेष्ठ, गणेश गिरी, राजकुमार जोशी, भवानी रेग्मीको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा मणी थापाले संगीत दिनेछन् । अरु कलाकार तथा प्राविधिकको हाल छनोट कार्य भइरहेको जानकारी दिदैं निर्माता अधिकारीले नालापानी अन्तराष्ट्रियस्तरको चलचित्र बन्ने दाबी गरे । ‘चलचित्रको कथा तयार भइसकेको छ अब केहि कलाकार र प्राविधिकको छनोट गर्न बाँकी छ’ उनले अगाडी भने, ‘नालापानी’को युद्धमा नेपालीहरुले देखाएको विरताको कथालाई पनि चलचित्रमा देखाउने छौं ।’

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu