अमेरिकामा पनि ‘धुर्मुस’ र ‘सुन्तली’को देश सफा गर्ने अभियान



suntali-dhurmus-america

ठुलोपर्दा डटकम, बोस्टन।
गत हप्ता मात्र २०७२ नयाँ बर्ष धमाका भाग १ लिएर करिब सवा दुई महिनाको कार्यक्रममा अमेरिका पुगेका चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को देश सफा गर्ने अभियानलाई अमेरिका बासी नेपालीहरुले पनि व्यापक रुपमा साथ दिएका छन् । हाल सम्म भर्जिनिया तथा बोस्टनमा गरि ३ वटा कार्यक्रम प्रदर्शन गरि सकेका धुर्मुस’ र ‘सुन्तली’ ले कार्यक्रमको अतिरिक्त सर-सफाई अभियानलाई पनि अमेरिकामा व्यापक सचेतना गरिरहेका छन् ।

उनीहरुको यो अभियानलाई अमेरिकामा रहेका नेपाली समुदायले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरि सकेका छन् । सिताराम कट्टेल र कुञ्जना घिमिरेले देश सफा गर्ने अभियानमा सुदुर पश्चिमका कञ्चनपुर, कैलाली, बाँके, बर्दिया लगाएतका जिल्लामा पुगेर सफाई अभियानलाई अगाडि बढाई सकेका छन् । यस्तै गरि सुदुरपुर्वका मोरङ, सुनसरी, उदयपुर लगायतका क्षेत्रमा पनि सफाई अभियान गरिसकेको बताईएको छ ।

नेपाल सरकारले सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई उप-सचिव सरहको सेवा र सुविधा दिएर यो अभियानको ‘सद्भावना दुत’ बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu