तात्नेभो झिलझिले, दशैँलाई रोमाञ्चक बनाउन कन्सर्ट



jhiljhile-concertठुलोपर्दा डटकम, झापा। सदाझै यसवर्ष पनि दशैतिहारको अवसरमा झापाको झिलझिलेमा सांगतिक धमाका हुने भएको छ । ‘द लिजार्ड ब्याण्ड’ झिलझिलेको आयोजनामा यही कार्तिक १५ गते चौथो ‘सांगतिक साझ २०१३ एण्ड लाइभ इन कन्सर्ट’ को आयोजना हुन लागेको हो ।

कन्सर्टमा नेपालको चर्चित ब्याण्ड ‘द एक्स ब्याण्ड’, गायक तथा मोडल बादल प्रसाई ‘झिल्के’, गायक डम्बर नेपाली , जेनिस लामा, कर्मा शेर्पा, बादल लिम्बु, सिदार्थ क्रियु , गायिका अर्पण श्रेष्ठ लगायतका राष्ट्रिय स्तरका कलाकारहरुको भव्य प्रस्तुती रहने कार्यक्रमका संयोजक सुरज रिगांलुङ राईले बताएका छन् । साथसाथै स्थानिय कलाकार तथा ब्याण्डहरुको पनि कार्यक्रममा उपस्थिती रहने उनले जानकारी दिए ।

झापाली युवा सरोकार समाजले सहयोग गरिरहेको उक्त कन्सर्टले सिंगो सतासीधाम गाविसलाई चिनाउन र यँहाका ऐतिहासिक धार्मिक स्थल सताक्षीधाम, चिल्लागढ र जोरपोखरी साथै पर्यटकीय स्थल दोमुखाको प्रचारप्रसार गर्ने लक्ष्य लिएको पनि संयोजक राईले बताए ।‘ राष्ट्रिय स्तरका कलाकारलाई अझैपनि सतासीधामको महत्व र य“हाका स्थानका विषयमा थाहा छैन’ , उनले भने , ‘ अब यस्ता कार्यक्रम मार्फत उनीहरुले चिन्नेछन् र अरुलाई चिनाउनेछन् भन्ने हाम्रो अपेक्षा हो । ’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu