चुलबुल पाण्डे अर्थात दबंग हिरो सलमान खानका ‘हमसक्कल’ नजिम खान पनि अब पर्दामा देखिने भएका छन् । सलमान खानका ‘हमसक्कल’ भएका कारण खुवै चर्चामा रहेका नजिम अब सलमान खानले नै अभिनय गरेको चलचित्रमा देखिन लागेका हुन् ।
सलमानले केहि दिन अगाडी मात्र छायांकन सकाएको चलचित्र बजरंगी भाइजानमा सलमान खानका ‘हमसक्कल’ नजिम खान देखिन लागेका हुन् । पेशाले चिकित्सक रहेका उनी सलमानकै विषेश आग्रहमा चलचित्र खेलेका हुन् । आमिर र नो वन किल्ड जेसिकाजस्ता चर्चित चलचित्र बनाएका निर्देशक राजकुमार गुप्ताको निर्देशनमा तयार भएको यस चलचित्रमा सलमान खान र करीना कपूर मुख्य भुमिकामा रहेका छन् ।
यो चलचित्र हिन्दु युवती र मुसलमान युवाको प्रेमकथामा आधारित रहेको छ ।