ब्रिटिस चलचित्रका सुपरस्टार आर्लेन्डो ब्लुमले न्युयोर्कस्थित ५५ लाख डलरको अपार्टमेन्ट बिक्री गरेका छन् । ब्लुमले यो अपार्टमेन्ट बेच्नुको मुख्य कारण गायिका टेलर स्वीफ्ट भएको बताइएको छ । ब्लकबस्टर हिट गीतिसंग्रहका कारण लोकप्रिय टेलर पछिल्लो समयमा ब्लुमकी छिमेकी बनेकी थिइन् ।
टेलर त्यहाँ बस्न थालेपछि उनको आसपासमा घुमिरहने फोटोग्राफर तथा प्रशंसकहरूको डरलाग्दो उपस्थितिका कारण अभिनेता ब्लुमले आफू त्यहाँ बस्न उपयुक्त नमानेको बताइन्छ । खबरका अनुसार टेलरले ब्लुमलाई निकै मनपराउछिन् तर उनकै कारण ब्लुम टाढा भएपछि यति बेला गायिका टेलर निकै तनाबमा छिन् ।