अमेरिकी गायक नेली लागुपदार्थ सहित पक्राउ



nail

चर्चित अमेरिकी गायक तथा र्‍यापर नेली लागुपदार्थ सहित टिनिजमा पक्राउ परेका छन्। उनलाई टिनिज हाइवे पेट्रोल प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्दा उनी आफ्नो बसमा थिए।

हाइवे पेट्रोलले उनको गाडीमा अमेरिकाको यातायात विभागको आवश्यक स्टिकर नदेखेपछि उनको गाडी रोकेको थियो र जाँचका क्रममा उनको गाडीमा गाँजा तथा मेथ नामक लागुऔषध भेटिएको थियो। प्रहरीले गाडीमा लागुपदार्थका हलावा कयौंको संख्यामा ह्यान्ड गन पनि बरामद गरेको छ। नेली दश हजार डलर धरौटीमा छुटेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu