करिश्मा र गोपिकृष्णको दुश्मनी, ‘फागु’सँगै ‘होमवर्क’ आउने



Homework

ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि समय अगाडी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि गोपिकृष्ण मुभिजसँग सहकार्य गर्ने भन्दै नायिका करिश्मा मानन्धरले चलचित्र निर्माणको घोषणा गरेकी थिइन् । तर अन्तिममा गोपिकृष्ण मुभिजसँग केहि घम्साघम्सी सुरु भएपछि गोपिकृष्ण मुभिजको साथ नचाहिने भन्दै ‘फागु’ चलचित्रको निर्माण सुरु गरेकी नायिका करिश्मा मानन्धरले केहि दिन अगाडी मात्र चचित्रको छायांकन सकाएर प्रदर्शन मिति समेत सार्वजनिक गरिसकेकी छिन् । नायिका मानन्धरले भदौं २५ गतेलाई फागुको प्रदर्शन मिति सार्वजनिक गरेको केहि दिनमानै गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘होमवर्क’ले पनि प्रदर्शन मिति सार्वजनिक गरेको छ ।

अहिले सम्पादन टेवुलमा रहेको होमवर्क यूनिटले पनि भदौ २५ गतेलाई प्रदर्शन मिति सार्वजनिक गरेको छ । यसरी करिश्मा मानन्धरले भदौ २५ गतेलाई फागुको प्रदर्शन मिति तोकेको केहि दिनमा नै होमवर्कको पनि प्रदर्शन मिति सार्वजनिक गरिएपछि गोपिकृष्ण मुभिज र करिश्माको राम्रै दुश्मनी सुरु भएको अनुमान लगाउन सकिन्छ ।

fagu

करिब १२ बर्षपछि चलचित्र निर्माणमा फर्किएकी नायिका मानन्धरको लगानी रहेको यस चलचित्रमा नायिका शिल्पा पोखरेल मुख्य भुमिकामा रहेकी छिन् । शिल्पासँगै यस चलचित्रमा गौरी मल्ल, बसन्त भट्ट, राजेश हमाल, नव-कलाकार सुवास पराजुलीको पनि अभिनय रहेको छ । चलचित्रलाई सम्झना उप्रेती रौनियारले निर्देशन गरेकी हुन् । चलचित्रमा हिमाल केसीको एक्सन, विपिन मल्लको सम्पादन, कमल राइको नृत्य निर्देशन, रामशरण उप्रेतीको छायांकन रहेको छ ।

‘हामेवर्क’मा नायक आर्यन सिग्देल बृद्ध र यूवा भूमिकामा देखिएका छन् । चलचित्रमा उनका साथमा गौरी मल्ल, विजय लामा, नम्रता श्रेष्ठ, जीपी तिमिल्सिनाको मुख्य भूमिका छ । गोपिकृष्ण मुभिजको ब्यानरमा उद्धव पौडेलको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई निकिता पौडेल, निरज पौडेल र निरक पौडेलले मिलेर बनाएका हुन् । चलचित्रमा शिवम् अधिकारीको कथा, पुरुषोत्तम प्रधानको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu