प्रीति भन्छिन्, ‘म आइटम डान्स गर्ने एक्ट्रेस होइन



preeti-zinta

बलिउड अभिनेत्री प्रीति जिन्टाले आफु आइटम डान्स गर्ने अभिनेत्री नभएको बताएकी छिन् । उनले भनेकी छिन् मलाई नृत्य गर्न खुबै मनपर्छ तर म आइटम डान्स गर्ने अभिनेत्री होइन ।

याद रहोस् कि प्रीतिले सलमान खान अभिनीत चलचित्र ‘मैं और मिसेज खन्ना’मा समाबेश ‘हैपनिंग’ बोलको गीतमा आइटम डान्स गरेकी थिइन त्यसपछि भने उनी कुनै पनि चलचित्रमा आइटम डान्समा देखिएकी छैनन् ।

उनले भनेकी छिन् -‘मैले ‘हैपनिंग’ बोलको गीतमा सलमान खानको आग्रहमा आइटम डान्स गरेको थिए । सलमान खान मेरो अतिनै आत्मिय साथी हो,त्यसैले मैले सलमान खानको बचन हार्न नसकेर उक्त गीतमा आइटम डान्स गरेको थिए ।’

लामो समयदेखी बलिउड चलचित्रमा नदेखिएकी प्रीति अब चाडैं स्टार प्लसबाट प्रशारण हुने ‘नच बलिए ७’ मा निर्णायकको भुमिकामा देखिदैं छिन् । उनीसगैं कोरियोग्राफर मर्जी पेस्तोनजी र लेखक चेतन भगतपनि निर्णायक भुमिकामा देखिदैं छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu