सलमान र ऐश्वर्या फेरी एकसाथ



salman-aishwaryaठुलोपर्दा डटकम, काठमाण्डौ।
बलिउडमा सफल जोडीको रुपमा स्थापित बलिउडस्टार सलमान खान र ऐश्वर्या राय अब एकसाथ चलचित्रमा देखिने भएका छन् । लामो समयपछि यो जोडी बलिउडको पर्दामा देखिन लागेको हो ।

एक दशकअघि चलचित्र ‘हम दिल दे चुके सनम’ मा काम गरेपछि यी जोडीलाई दर्शकहरुले देख्न पाएका थिएनन् तर अब दर्शकहरुले चाडै सलमान र ऐश्वर्यालाई एकसाथ ‘प्रेम रतन धन पायो’ चलचित्रमा सँगै देख्न पाउनेछन् । यो चलचित्रमा अभिनेत्री ऐश्वर्या अहिले अभिनेता सलमानसँग काम गरिरहेकी छिन् ।

‘हम दिल दे चुके सनम’ मा काम गरेपछि यो जोडी प्रेमसम्बन्धमा पनि थियो तर सलमानको केहि खराब बानीहरुका कारण ऐश्वर्याले सलमानलाई छोडेकी थिइन् । प्रेमसम्बन्ध टुटेपछि सलमान खान र ऐश्वर्याबीच बोलचाल भएको थिएन तर अन्तिममा ऐश्वर्याले अभिषेक बच्चनसँग बिहे गरेपछि भने सलमान र ऐश्वर्याको बोलचाल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu