बलिउडका सुपरस्टार शाहरुख खानले एसियाकै सर्वाधिक ठुलो एशियन अवार्ड जितेका छन् । बेलायतको सहर लण्डनबाट प्रदान गरिने उक्त अवार्ड अभिनेता शाहरुखले जितेका हुन् । पाँचौ वार्षिक ‘द एशियन अर्वार्ड्स’ समारोहमा शाहरुखलाई चलचित्रक्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दैं सम्मान सहित अवार्ड प्रदान गरेको हो ।
अवार्ड समारोहमा शाहरुखले एसियाकै ठुलो अवार्ड पाएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण दर्शकलाई तपाईहरुको माया नै यो अवार्डको हिस्सा हो भनेका छन् । उनले आफ्ना दर्शकलाई धन्यवाद समेत दिएका छन् । उनले एसियाको चलचित्र उद्योग क्षेत्रलाई अझै व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने त्यसका लागि सबैले हातमा हात मिलाउनुपर्ने धारणा राखे ।
शाहरुख खान सँगै यस अर्वाडबाट इरफान खान, अनुपम खेर र यश चोपड़ाले समेत सम्मानित भइसकेका छन् ।