सुरु भयो ‘राष्ट्रिय नाटक महोत्सव’



Natak-mahotsabठुलोपर्दा डटकम, काठमाण्डौ।
राष्ट्रिय नाटक महोत्सव आइतबारबाट राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ । महोत्सवमा देशका विभिन्न जिल्लाबाट झण्डै दुई सय नाट्यकर्मीको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा ७ वटा नाट्य समूह सहभागि छन् । महोत्सवमा नारायणी कला मन्दिर चितवन, मोरङ्गको झोराहाट नाट्य समूह, मकवानपुरको तरङ्गग सांस्कृतिक परिषद्, ललितपुरको सुम्निमा थिएटर एकेडेमी, विराटनगरको आरोहण र जनकपुरको मिथिला नाट्यकला परिषद्लगायत समूहले नाटक देखाउने छन् ।

महोत्सवको गृहमन्त्री बामदेव गौतमले उद्घाटन गरेका थिए । देशभरका नाट्य कलाकारलाई मञ्च प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले जानकारी दिए । महोत्सवमा पाँचै विकास क्षेत्रका विभिन्न नाट्य समूहको सहभागिता छ । प्रज्ञाप्रतिष्ठानले विभिन्न जातजाति तथा समुदायको परम्परा, संस्कृति र कलाको संरक्षण एंव सम्बद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष राष्ट्रिय संङ्गीत तथा नाटक महोत्सव आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu