आफ्नै विद्यार्थीसँगको प्रेममा बर्षा (भिडियो)



jaani-najaani

ठुलोपर्दा डटकम, काठमाण्डौ।
आफुले मन पराएकी युवतीलाई आफ्नै शिक्षिकाको रुपमा क्याम्पसमा पाउँदा विद्यार्थीलाई के होला ? यस्तै कथामा आधारित एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । महेश प्रर्साईले लेखेका प्रेमिल शब्दमा बाबु बोगटीको संगीत तथा गायक विश्वराज चौलागाईको स्वरमा रहेको ‘जानी नजानी …’ बोलको गीतको उक्त भिडियोलाई सञ्चारकर्मी विदुर खतिवडाले निर्देशन गरेका छन् ।

भिडियोमा देव र बर्षाले अभिनय गरेका छन् । बर्षा र देवको प्रेमसँगै भिडियो टुंगाईएको छ । भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् । म्युजिक भिडियोको पहिलो चरणको प्रतिक्रिया सुखद पाएको गायक चौलागाईले बताएका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu