हेमन्तको ‘माया साया केहि नि हुन्न’ ! (भिडियो)



hemanta-sharma-parampara2ठुलोपर्दा डटकम, काठमाण्डौ। फरक स्वरका धनी गायक हेमन्त शर्माले नयाँ एल्बम ल्याएका छन्। यसपाली अलिक फरक शैलीमा आएका शर्माले पुरै एल्बममा जम्मा दुईवटा गीत समावेश गरेका छन्, जसमध्ये ‘हुन्न हुन्न …’ बोलको गीतलाई दृश्यांकन समेत गरिसकेका छन्।

आफ्नै फेसबुकको भित्ताबाट सार्वजनिक सो एल्बमको नाम ‘परम्परा २’ राखिएको छ। एल्बममा ‘हुन्न हुन्न …’को साथमा ‘बेहाल छ मेरो …’ बोलको गीत रहेको छ। ‘खुल्ला गीति संग्रह’ मानिएको सो एल्बममा किन दुईवटा मात्रै गीत राखियो त ? हेमन्त भन्छन्, ‘वर्तमान संगीतको व्यापारिक अवस्था ख्याल गर्दै जम्मा दुईवटा गीत समावेश गरेको हुँ’।

गीतहरुमा शब्द, संगीत पनि गायक स्वयंको नै रहेको छ। ‘हुन्न हुन्न’को  भिडियोलाई आलोक नेम्वाङ्ले निर्देशन गरेका छन्। भिडियोमा हेमन्तलाई पनि अभिनेताको रुपमा देख्न सकिन्छ।

‘हुन्न हुन्न हुन्न …’ यहाँ हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu