क्लासिकलाई ‘क्लोथ्स् नेपाल’को पहिरनमा साथ, आर्यन र नम्रताद्वारा उद्घाटन



classic-wardrob

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माणको तयारीमा रहेको चलचित्र ‘क्लासिक’लाई पहिरनमा सहकार्य गर्ने ‘क्लोथ्स् नेपाल’ले आफ्नो कार्यालय तिनकुनेमा सञ्चालनमा ल्याएको छ । चलचित्र क्लासिकलाई निर्माणको क्रममा आवश्यक पर्ने कपडाहरु सहकार्य गर्ने गरि चलचित्रका नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठले शुक्रबार तिनकुनेमा सञ्चालन गरिएको ‘क्लोथ्स् नेपाल’को उद्घाटन गरेका छन् ।

हालसम्म अनलाइन सपिङ गरिरहेको ‘क्लोथ्स् नेपाल’ले औपचारिक रुपमै स्टोर सञ्चालनमा ल्याएको हो । यस्तै, चलचित्रका निर्देशक दिनेश राउत, लाइन प्रोड्यूसर जिवन भाई, ब्राण्ड म्यानेजर अतुलराज मैनालीले स्टोरको सफलताको शुभकामना दिएका थिए । सञ्चालनमा ल्याइएको स्टोरमा युवापुस्ताको रोजाइका सम्पूर्ण पहिरनहरु उपलब्ध हुने साथैं चलचित्रको कलाकारहरुका लागी आवश्यक पर्ने कपडाहरु पनि पाइने यसका संचालक रघु थापाले जानकारी दिएका छन् । पहिलो पटक चलचित्रसँग पहिरनमा सहकार्य गर्न पाउँदा निकै खुसी लागेको जानकारी दिदैं सञ्चालक रघु थापाले आगामी दिनहरुमा पनि अन्य चलचित्रहरुसँग पोशाकमा सहकार्य गर्ने जानकारी दिए ।

आर्यन सिग्देल (समय) र नम्रता श्रेष्ठ (दृष्टी)को मुख्य भुमिका रहने चलचित्रमा समुना केसी, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, पल शाह, शिशिर राना मुख्य भूमिका छन् । चलचित्रमा संगीत ताराप्रकाश लिम्बुको संगीत रहेनछ भने डा. कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको शब्दमा यूवराज चौलागाई, मेलिना राइ लगायतका गायक गायिकाको आवाज रहनेछ । काठमाडौं र पोखरा लगायतका स्थानमा छायांकन हुने यस चलचित्रमा राजेश श्रेष्ठको छायांकन, छेतेन गुरुंगको पटकथा, सुरेन्द्र पौडेलको सम्पादन, नितिन चन्दको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन रहने छ । बैशाख १५ गतेबाट छायांकन सुरु हुने बताइएको यस चलचित्रको प्रदर्शन माघ २९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu