बालबालिकालाई सडक दुर्घटनाबाट जोगाउन पहल गरौ: मिसेल



missel

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघको एसिया प्यासिफिक खेलकुद कंग्रेसमा सहभागी हुन नेपाल आएकी हलिउड अभिनेत्री मिसेल योहले विश्वमा प्रत्येक दिन पाँच सय बालबालिकाले ज्यान गुमाउनुपरिरहेको खबर सुन्दा निकै दुख लाग्ने बताएकी छिन् । शुक्रबार राजधानीमा आयोजित सडक दुर्घटना पीडितसँग अन्तरक्रिया कार्यक्रममा बोल्दैं अभिनेत्री मिसेलले बालबालिकालाई सडक दुर्घटनाबाट जोगाउन सबैले पहल गर्नुपर्ने बताइन् ।

मिसेलले सडक सुरक्षामा पहिलो प्राथमिकता बालबालिका हुनुपर्ने र त्यसका लागी सबैले सबै टाउँबाट सहयोग गर्न पनि आग्रह गरिन् । उनले भनिन् ‘म आग्रह गर्नु चाहन्छु कि मे महिनाको पहिलो साता आयोजना हुने सडक सुरक्षा कार्यक्रम भब्यताका साथ मनाउनु होला र सडक सुरक्षाका कार्यक्रमहरु पनि अगाडी सार्दै जानुहोला ।’ उनी सडक सुरक्षा अभियानको विश्व सद्भावना दूत हुन् । यस्तै शनिबार उनले व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिका सदस्यसँग अन्तरसंवाद गर्ने कार्यक्रम छ ।

शनिबार साँझ उनी द्वारिका होटेलमा युवा तथा खेलकुदमन्त्रीले आयोजना गर्ने रात्री भोजमा सहभागी हुने बताइएको छ । शनिवार नै स्वदेश फर्किन लागेकी मिसेल हलिउडकी सफल अभिनेत्रीको रुपमा परिचित छिन् । मिसेल सन् ९० को दशकको सुरुमा हङकङका एक्सन चलचित्रहरुमा अभिनयमार्फत् चर्चामा आएकी थिइन् । सन् १९९७ मा जेम्स बोन्ड फिल्म डुमरो नेभर डाइजमा अभिनय गरेकी उनलाई सोही वर्ष पिपल म्यागेजिनले विश्वका ५० सुन्दर व्यक्तित्वहरुमध्ये छानेको थियो । ओस्कर विजेता निर्देशक आङ लीको चलचित्र क्राउचिङ टाइगर हिडेन ड्रयागनमा पनि मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu