बंगलादेशको मेडिकल कलेजसँग सहकार्य गर्दै पुनम इन्टरटेन्मेण्टद्वारा निशुल्क स्वास्थ्य शिविर



health-camp-1

ठुलोपर्दा डटकम, गोरखा ।
बैशाष १२ गते नेपालमा आएको महाभुकम्पबाट कैयौँ नेपालीहरुको ज्यान गएको छ भने हजारौँ नेपालीहरुको ज्यान जोखिममा परेको छ । कैयौँका साहारा गुमे, कैयौँका काख रित्ता भए, धेरै घरवार बिहिन भए । यस्तो बिपद्को घडीमा नेपालीहरुको धैर्यता, सहकार्य तथा कामप्रतिको लगनले भने साथ छोडेन् । पुर्ननिर्माण र राहत बितरणका काम पनि बिस्तारै भइरहेको छ जसले नेपालीलाई साधारण जनजिवनमा फर्किन सघाइरहेको छ ।

यसै कार्यलाइ निरन्तरता दिँदै गोरखा जिल्लाको मनकामना मन्दिर परिसरमा चलचित्र निर्माता कम्पनी पुनम इन्टरटेनमेन्ट प्रा.लि.ले टिएमएस मेडिकल कलेज बंगलादेश र इजी पिपुल सप्लायर्सको सहकार्यतामा निशु:ल्क स्वास्थ्य शिविरको सञ्चालन गर्‍यो । उक्त टोलीले धादिगंको बुगंचुगं तथा गोरखा मनकामनामा ब्ल्यांकेट, झुल, बिस्कुट, लत्ताकपडा, बालबालिकाको आहार तथा औषधी लगायतका सामाग्री समेत वितरण गरेको छ । गोरखास्थित मनकामना मन्दिरपरिसरमा करिब १ बजेदेखी सञ्चालन भएको स्वास्थ्य शिविरमा सय भन्दा बढी बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

health-camp-2

नेपाली स्टाफ नर्सहरु लाइ लिएर बंगलादेशी प्रोफेसर डाक्टर महाबुब्बुर रहिमको अगुवाइमा चलेको उक्त स्वास्थ्य शिविरमा बिभिन्न समस्या भएका बिरामीहरुको स्वास्थ्य जाँच गरिएको पुनम इन्टरटेन्मेण्टकी अध्यक्ष पुनम क्षत्री गौतमले बताईन् ।

डा. रहिमले यो अवश्थामा नेपाल आएर आफुले जानेको सेवा प्रदान गर्न पाउँदा निकै खुशी लागेको बताए । बंगलादेशको बोगरास्थित टिएमएस मेडिकल कलेजमा करिब सयको हाराहारीमा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।

शिविरमा अभिनेत्री गौरी मल्ल, निमात्री पुनम क्षेत्री गौतम, इजी पिपुलका कुशल नहर्कीको सहभागिता थियो भने स्थानिय बासिन्दा र स्वयंसेवकहरुको सकृयता थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu