ज्याकी च्यानद्वारा नेपालका भूकम्प पिडितलाई १ लाख डलर सहयोग



jackiechan-help-for-nepal

हलिउडका चर्चित अभिनेता ज्याकी च्यानले बैशाख १२ गते नेपालमा गएको महाभूकम्पमा परि ज्यान गुमाएका परिवार र घाईते परिवारलाई १ लाख डलर सहयोग गरेका छन् । सिंगापुरमा आइतबार आयोजना गरिएको ‘नेपाल अर्थक्वेक रिलिफ फन्ड’ नामक कोष स्थापना कार्यक्रममा सहभागिता जनाउँदै च्यानले उक्त सहयोग गरेका हुन् ।

साथै उनले नेपालका भूकम्प पिडितहरुलाई सहयोग गर्न पनि अपिल गरेका छन् । उनले भनेका छन्, ‘यस्तो विपतमा हामी सबैले साथ दिनुपर्छ त्यसैले जे गर्न सक्छौं हामलिे त्यो तत्काल गर्नु पर्छ । भोली त्यो विपत हाम्रो ठाउँमा पनि पर्न सक्छ त्यसैले म विनम्र अनुरोध गर्छु कि नेपालका भूकम्प पिडितलाई सहयोग गर्नुहोला ।’ उनले आफुले गर्न सक्ने अन्य सहयोगहरु पनि गर्दै जाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu