भूकम्पपीडितलाई हलिउड नायिका मिचेलको १ करोड सहयोग



michel-yeoh-nepal-help

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते नेपालमा गएको भूकम्पको बखत नेपालमै रहेकी हलिउड अभिनेत्री मिचेल यीहले नेपालका भूकम्पपीडितलाई १ करोड सहयोग गर्ने घोषणा गरेकी छिन् । रामकोट, थाप्ले र काठमाडौँ बाहिरका बासिन्दाहरुलाई राहत वितरण कार्यक्रममा सहभागी हुँदै उनले यस्तो घोषणा गरेकी हुन् ।

लिभ टु लभका सयौँ स्वयंसेवीहरुको समूहसँग राहत वितरण कार्यक्रममा सहभागी भएकी उनले नेपालमा गएको भूकम्पबाट प्रभावित भएका विभिन्न जिल्लाबासीहरुलाई सहयोगार्थ १ करोड सहयोग गर्ने बताएकी छिन् । भूकम्प गएको समयमा के भएको थियो भन्ने बारेमा जानकारी गराउँदै यसलाई ठूलो घटना र त्रासको वातावरण भएको उनले बताइन् । आफू फर्कनुलाई महत्वपूर्ण भएको पनि उनले बताइन् ।

उनले भनेकी छिन्, ‘बैशाख १२ गते गएको भूकम्पमा म नेपालमै थिए र म त्यसको साँझ स्वदेश फर्किए तर विभिन्न सञ्चारमाध्यमहरुमा नेपालका भूकम्पपिडीतहरुको काहाली लाग्दो अवस्था देखेर म स्वदेशमा बस्न सकिन र म पुनः नेपाल आए । यो अवस्थामा मेरो खाँचो नेपाललाई पनि छ भन्ने मैले महशुस गरेको छु । त्यसैले मलाई नेपालीको दुःख आफ्नो जस्तो लाग्यो र मेरो तर्फबाट सानो सहयोग स्वरुप मैले १ करोड नेपाली दिने घोषणा गर्दछु ।’

लिभ टु लभकी विश्वव्यापी सद्भावना दूत मिसेलले बर्षा सुरुहुनु अगाडि नै भुकम्प प्रभावितहरुलाई बसोबासको व्यवस्था गर्नु पहिलो प्राथमिकता भएको पनि बताएकी छन् । अन्तरराष्ट्रिय अटोमोबाइल महासंघ अन्तर्गतको एफआई एसिया क्षेत्रीय खेलकुद कंग्रेसको कार्यक्रममा सहभागी हुन हलिउड अभिनेत्री मिचेल योह बैशाख १० गते काठमाडौंमा आएकी थिइन् । बैशाख १२ गते उनी स्वदेश फर्किएकी थिइन भने यहि शुक्रबार उनी पुन काठमाडौं आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu