अमेरिकी र्‍यापर लियोनेल पिकेन्सको गोली हानी हत्या



leonal-pikensअमेरिकी मुलका चर्चित र्‍यापर लियोनेल पिकेन्सको गोली हानी हत्या गरिएको छ । पिकेन्सलाई न्यूयोर्कमा उनकै गाडीमा गोली हानिएको थियो । चिंक्स उपनामले परिचित गायक लियोनेल पिकेन्सलाई गोली हानेपछि अस्पताल पुर्‍याइएको थियो तर अस्पतालले उनीको मृत्यु भइसकेको जनाएको थियो ।

३१ वर्षिय र्‍यापरसँगै गाडीमा रहेका उनका साथी अन्तर अलजैदी पनि गोली लागेर घाइते भएका छन् । उनको हाल उपचार भइरहेको छ। उनलाई अमेरिकाको स्थानिय समय अनुसार विहान ४ बजे गोली हानिएको हो । उनलाई कसले र कुन कारणले गोली प्रहार गरिएको हो भन्ने खुल्न सकेको छैन तर पारिवारिक स्रोतले बताए अनुसार उनलाई केहि नजिकका मित्रहरुलेनै गोलि प्रहार गरेको हुन सक्ने अनुमान गरिएको छ ।

गोली हानिएको समयमा उनी ब्रुकलिनको एक नाइटक्लबमा एक सांगीतिक प्रस्तुति दिएर फर्किरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu