टप मोडल बेल्जियमको सेमिफाइनलमा नेपाली योगिता



yogita-thapa

नेपाली मुलकी योगिता थापा ‘टप मोडल बेल्जियम सिनियर २०१६’ को सेमिफाइनलका लागी छनोट भएकी छिन् । २९ देखि ४० वर्ष उमेर समूहअन्तर्गत सेमिफाइनलमा पुग्ने पहिलो महिला बनेकी योगिता आफुले नै ‘टप मोडल बेल्जियम सिनियर २०१६’को उपाधि जित्ने विश्वास रहेको बताउँछिन् ।

भोटका आधारमा फाइनल प्रतिस्पर्धीहरूको छनोट गरिने भएकोले थापाले सबै नेपाली शुभेच्छुकहरूलाई भोट दिन आग्रहसमेत गरेकी छन् । थापा बेल्जियमको लिज क्षेत्रबाट छानिएकी हुन् । बेल्जियममा लामो समयदेखी बसोबास गर्दै आइरहेकी योगिता यो कार्यक्रमलाई भूकम्पपीडितको सहयोगार्थसमेत प्रयोग गरेको बताएकी छिन् । योगिताले नयाँदिल्लीस्थित आईअज्ञाईएफटीबाट फेसन डिजाइन र मलेसियाको जेएफ ब्युटी एकेडेमीबाट ब्युटी कोर्समा स्नातक गरेकी छिन् ।

उनले युरोपमै छायांकन गरिएको गायक ओमविक्रम विष्टको ‘आवाज देऊ..’, र गायिका दिव्य ज्योति विष्टको ‘नआऊ नजरमा…’ बोलको गीतसगैं अन्य एक दर्जन बढि गीतको म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । भविष्यमा नेपाली चलचित्रकी अभिनेत्री बन्ने मनसाय बनाएकी योगिताले बेल्जियमकै कलाकार डिजे रोक्सले तयार गरेको म्युजिक भिडियोमा पनि उनी देखिएकी छिन् ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu