दुई महिना पर सर्‍यो ‘क्लासिक’



Classic-Announce

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख अन्तिमबाट फ्लोरमा जाने तयारी गरिएको चलचित्र ‘क्लासिक’को छायांकन दुई महिना पर सरेको छ । बैशाख १२ गते गएको भूकम्पका कारण चलचित्रको छायांकन हुन नसकेको जानकारी दिँदै निर्माता सुवास गिरीले अब चलचित्रको छायांकन साउन १५ बाट मात्र सुरु हुने जानकारी दिए ।

भूकम्पले हजारौँको संख्यामा मुत्यु हुनुका साथै हजारौँ घाईते भएको अवस्थामा चलचित्रको यूनिट लिएर छायांकनमा जानु उचित नहुने भएका कारण चलचित्रको छायांकन २ महिना पर सारिएको निर्माता गिरीले बताए । आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको मुख्य भुमिका रहने यस चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् ।

चलचित्रमा आर्यन र नम्रता आँखा नदेख्ने यूवा यूवतीको भुमिकामा प्रस्तुत हुँदैछन् । चलचित्रमा संगीत ताराप्रकाश लिम्बुको संगीत रहेनछ भने डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको शब्दमा यूवराज चौलागाईँ, मेलिना राई लगायतका गायक गायिकाको आवाज रहनेछ ।

काठमाडौं र पोखरा लगायतका स्थानमा छायांकन हुने यस चलचित्रमा राजेश श्रेष्ठको छायांकन, छेतेन गुरुंगको पटकथा, सुरेन्द्र पौडेलको सम्पादन, नितिन चन्दको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu