‘टर्मिनेटर जेनेसिस’मा आर्नोल्डको एक्शन



aarnold

हलिउड चलचित्रका एक्शन हिरो आर्नोल्ड स्वार्जनेगर आफु चाडैं दर्शकले रुचाउने एक्शन अवतारमा देखा पर्ने बताएका छन् । ६८ बर्षिया आर्नोल्डले अभिनय गरेको चलचित्र ‘टर्मिनेटर जेनेसिस’मा आफ्नो धमकेदार एक्शन रहेको उनले खुलाएका छन् ।

‘टर्मिनेटर जेनेसिस’ टर्मिनेटरको पाँचौ सिक्वेल हो । जुलाई १ मा रिलिज हुन लागेको ‘टर्मिनेटर जेनेसिस’मा आर्नोल्ड स्वार्जनेगर मुख्य भुमिकामा छन् । यो चलचित्रलाई एलान टेलरले निर्देशन गरेका हुन् ।

स्काइडान्स प्रोडक्सन्सको यो चलचित्र भियाकम १८ मोसन पिक्चर्सले वितरण गर्ने बताइएको छ । यो चलचित्रमा मानव र यन्त्रबीच आ–आफ्नो बचाउका लागि भएको द्वन्दलाई अघि सारिएको छ । चलचित्रमा एमिलिया क्लार्क, जेइ कोटनी, जेसन क्लार्क लगायतका कलाकारहरुको पनि अभिनय रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu