छोरीको बाबु बन्दै आर्यन



aaryan-sigdel-in-maria

ठुलोपर्दा डटकम, काठमाण्डौ।
तपाईहरुले नायक आर्यन सिग्देललाई चलचित्रमा बुबाको भुमिकामा देख्नु भएको छ ? पक्कै देख्नु भएको छैन,किनकी हालसम्म आर्यनले चलचित्रमा बुबाको भुमिका निभाएका छैनन् । अब आर्यन सिग्देललाई चाँडै पन्ध्र वर्षे छोरीको बाबुको भूमिकामा देख्न पाइने भएको छ ।

असारको दोस्रो साताबाट फ्लोरमा जाने तयारी भइरहेको चलचित्र ‘मरिना’ मा आर्यन पहिलो पटक बुबाको भुमिकामा देखिन लागेका हुन् । सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको चलचित्र ‘मारिना’ हरर चलचित्र हुन सक्ने केहि महिना अगाडी सार्वजनिक भएको चलचित्रको पोष्टरबाट बुझ्न सकिन्छ । रतन थापाको लगानी र राजेश थापाको सह लगानी रहने चलचित्रलाई अनुप गिरीले निर्देशन गर्नेछन् ।

कलाकार तथा संचारकर्मी श्याम अर्यालका अनुसार चलचित्रको कलाकार हाल पक्का नभइसकेको जानकारी दिँदै अब चाँडै नै चलचित्रका लागी कलाकारहरु छनोट गरिने जानकारी दिए । आर्यन भने यस चलचित्रका लागी केहि दिन अगाडी मात्र अनुबन्धित भएका थिए । केहि दिन भित्र काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्र निर्माणको औपचारिक घोषणा समेत गरिने संचारकर्मी अर्यालले बताएका छन् । चलचित्रमा संचारकर्मी श्याम अर्यालको पनि लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu