शुरेसदर्पण पोखरेलले पत्रकारलाई धम्कि दिएको भन्दै उजुरी परेपछि चलचित्र पत्रकार संघको ध्यानाकर्षण



ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र पत्रकार संघका सदस्य दिप बिमलीले गालीगलौज गरिएकोले ध्यानाकर्षण गराई पाउा भनी संघ समक्ष दिएको निवेदनमा चलचित्र पत्रकार संघले ध्यानाकर्षण भएको जनाएको छ । फेसबुक स्टाटस लेखेकै भरमा चलचित्र विकास बोर्डका सदस्य, दर्शना आर्टसमा कार्यरत सुरेश दर्पण पोखरेलले फोन गरि पेशागत धर्म पति आक्षेप लगाउँदै अपशब्द प्रयोग गरि आफूलाई धम्की दिएकोमा आपत्ती जनाएर दिप विमलीले संघमा उजुरी गरेका थिए ।

चलचित्र पत्रकार संघद्वारा शुक्रवार जारी विज्ञप्तीमा “विदेशबाट पवित्र मनले भुकम्प पीडितको नाममा पठाएको पैसाले तिमीहरु डिस्को गयौ थुक्क, देखियो तिमीहरुको समाजसेवा । कलाकारको नाममा कलंक” भन्ने फेसबुक स्टाटस बिमलीले राखेको र त्यसमा कसैको नाम उल्लेख नभएको सन्दर्भमा जिम्मेवार पदमा बसेका सुरेश दर्पण पोखरेलले संचारकर्म र संस्थालाई समेत धञ्जी उडाउनु कती जायज भन्दै बिमलीले संघमा उजुरी दिएको उल्लेख गरिएको छ । विज्ञप्तीमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिपि्रयको अध्यक्षतामा बसेको आकस्मिक वैठकले यस किसिमको कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको निर्णय गरेको बताईएको छ ।

“समग्र चलचित्रकर्मीलाई संचारकर्मी एवं संचार क्षेत्रप्रति सम्मान पकट गर्न आग्रह गर्दै पोखरेललाई सचेत गराउँदछ । आगामी दिनमा समग्र चलचित्रकर्मी र संचारकर्मीविच सौहाद्रपुर्ण वातावरण बनोस र समग्र चलचित्र पत्रकारिताको विकासमा सम्बद्ध सबैको साथ र सहयोगको अपेक्षा संघले सदैव गर्दछ” आकस्मिक बैठकपछिको विज्ञप्तीमा जनाईएको छ । साथै विज्ञप्तीमा शुक्रवार नै चलचित्र विकास वोर्डको अध्यक्षमा निर्माता संघका अध्यक्ष राजकुमार राईलाई नियुक्त गरेकोमा नेपाल सरकारप्रति कृतज्ञता जनाउँदै राइको कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरिएको छ ।

fja-bimali

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu