गुजराती डन बन्दै शाहरुख खान




shaharukh-gurati-ठुलोपर्दा डटकम, मुम्बई।
यतिबेला शाहरुख खान आफ्नो टेम्पटेशन रीलोडेड टूरमा अष्ट्रेलियामा धुम मच्चाईरहेका छन्। यसैबीच एउटा खबर बाहिर आएको छ की ‘डन’को सीक्वल ‘डन ३’मा उनी गुजराती अवतारमा देखिनेछन्।

फरहान अख्तर डन सिरिजको तेश्री फिल्म बनाउने पक्का पक्की गरेका छन्, जुन खबर यसअघि नै आईसकेको थियो। तर सो चलचित्रको बारेमा लामो समयसम्म कुनै नयाँ जानकारी बाहिरिएको थिएन।

पत्रकारको खोजीमा रहेको सो बिषयबारे केहि जानकारी बाहिरिन सफल भएका छन्। ‘डन ३’मा शाहरुख फेरी एकपटक अलग रुपमा देखिने तयारीमा छन्। फरहानको प्रोडक्शन कंपनी एक्सेल इंटरटेनमेंट प्राइवेट लिमिटेडका सञ्चालक तथा निर्माता रितेश सिधवानीले यसको पुष्टि गरेका छन्।

रितेशले भनेका छन्, ”डन ३’मा मूख्य भुमिकामा रहने शाहरुखलाई अलग ढंगले देखाईनेछ। यसपटक शाहरुख ‘गुजराती डन’ हुनेछन्।’ १९७८ मा अमिताभ बच्चन अभिनित डन २००६ मा रिमेकमा बनेको थियो। फरहान अख्तरको सो चलचित्रमा खान, प्रियंका चोपडा र ईशा कोप्पिकरको मुख्य अभिनय थियो। सोही चलचित्रबाट शाहरुख डन भनेर चिनिन थाले। सो चलचित्रको सफलता पश्चात २०११ मा सोहि चलचित्रको सिक्वेलमा ‘डन २’ बन्यो।

‘डन’मा कहानी जहाँ छोडिएको थियो ‘डन २’मा त्यहिँबाट अघि बढाईएको थियो। यो फिल्म पनि हिट बन्यो। तब ‘डन २’को पनि सिक्वेल आउनेमा दर्शक ढुक्क बनिसकेका थिए तर स्पष्ट कुरा भने बाहिर आएको थिएन। ‘डन ३’मा शाहरुख खान पक्का भईसकेको भएता पनि नायिकाको भने टुंगो नलागेको बताईएको छ। यसमा प्रियांका हुन्छिन् वा हुँदिनन् त्यो अहिले नै भन्न नसकिने बताईन्छ।

फरहानले शाहरुखसँग मजबूत स्क्रिप्ट को साथमा केहि नयाँपन भएका मात्र ‘डन ३’ बनाउने बताएका थिए। आगामी बर्षको सुरुवातीसँगै ‘डन ३’को छायांकन सुरु हुने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu