पाँच महिनापछि विकास बोर्डमा नयाँ अध्यक्ष, राजकुमारले गरे पदभार ग्रहण



rajkumar-rai-welcome

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गएको शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा नियुक्त गरेका निर्माता संघका अध्यक्ष राजकुमार राईले सोमबार साँझ ४ बजे आफ्नो पदभार ग्रहण गरेका छन् । बाजा गाजा सहित चलचित्र विकास बोर्ड परिषदमा स्वागत गरिएको अध्यक्ष राईलाई शुभकामना दिनेहरुको ओहिरो बाक्लै देखिएको थियो ।

दौरा सुरुवातसँग कालो कोटमा देखिएका चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष राईको गलाभरी माला र खादाले भरिएको थियो । उनलाई स्वागत गर्नेको भिड देखेर लाग्थ्यो त्यहाँ कसैको बिहे हुदैछ तर उक्त भिड ५ महिनापछि चलचित्र विकास बोर्डले अध्यक्ष पाएको खुसीयालीमा थियो । त्यति मात्र कहाँ होर अध्यक्ष राईलाई गलामा माला र खादा लगाउन चलचित्रकर्मीहरुले लाइन नै बस्नु पर्यो । करिब दिउँसो ४ बजे चलचित्र विकास बोर्डको प्रागणमा देखिएका राईले साढे ४ बजे चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण पश्चात कार्यक्रममा बोल्दै अध्यक्ष राईले आफ्नो नयाँ योजनाहरु पनि प्रस्तुत गरे ।

भूकम्पले देश शोकाकुल अवस्थामा भएको उल्लेख गर्दै अध्यक्ष राईले यो अवस्थामा आफुले चलचित्रक्षेत्रका लागी उदारणीय काम गर्ने दाबी गरे । खस्कदो चलचित्र बजारलाई माथी उठाउने पहिलो प्राथमिकतामा राखेका राईले भने, ‘बक्स अफिस, चलचित्र वर्गिकरण लागु गरी राष्ट्रिय चलचित्र नीतिलाई कार्यान्वयनमा ल्याउने छु । मलाई कुनै कुरा थोरै आउँछ होला, तर जती आउँछ प्रष्ट आउँछ । अब म सम्पूर्ण चलचित्र क्षेत्रको नै मानिस हुँ, यसैले सबैसँग मिलेर काम गर्छु ।’

अध्यक्ष राईले चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’लाई पनि निरन्तरता दिने बताएका छन् । पाँच महिनाअघि धर्मेन्द्र मरवैताले चलचित्र विकास बोर्डको अध्यक्ष पद त्याग गरेपछि रित्तो रहेको चलचित्र विकास बोर्डमा निर्माता राजकुमार राईलाई मन्त्रीपरिषदको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu