हलिउडस्टार ज्याकी चाङ काठमाण्डौमा



jackie-chan-at-ktm

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट पीडित नेपालीहरूका लागि स्वदेशका साथै विदेशी कलाकारबाट सहयोगको क्रम जारी छ । नेपाली कलाकारहरूले आफ्नै गोजी र चन्दा संकलन गरी राहत वितरण गरिरहेका छन् भने विदेशी कलाकारले चाहिँ सहयोग राशिको घोषणा गरेका छन् । त्यहि क्रममा केहि दिन अगाडी नेपालका भूकम्पपीडितलाई हङकङेली हलिउड नायक ज्याकी चाङले एक लाख डलर अर्थात् एक करोड रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका थिए ।

भूकम्पपीडितको सहयोगार्थ एक लाख डलर नेपाललाई सहयोग गरेका ज्याकी चाङ मंगलबार काठमाडौं आइपुगेका छन् । मार्सल आर्ट्सका ज्ञाता समेत रहेका उनी आज विहान ११ बजेर ५० मिनेटमा काठमाडौंमा आइपुगेका हुन् । स्रोतले बताए अनुसार उनी नेपालका भूकम्पपीडितलाई सहयोग गर्न नेपाल आएका हुन् । उनी विमानस्थलबाट उत्रिए लगत्तैं काठमाडौंमा रहेको सोल्टी होटेलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu