गाउँले जीवनबाट आधुनिक सपनामा पुगेकी दिया (भिडियो सहित)



diya-maskey

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चर्चित गायिका रेश्मा सुनवारको आवाजमा सजिएको ‘तिमीलाई हेर्ने’ नामक बोलको गीत सार्वजनिक भएको छ । ‘नमसिवाल’ एल्बममा समावेश उक्त गीतमा सुशिल सोपकोटाको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । सार्वजनिक भिडियोमा दिया मास्के सँगै रोय, कमल, अञ्जु, विकास, सुरज, राजेन्द्रले अभिनय गरेका छन् ।

सत्यराम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोलाई धिरजजंग शाहले खिचेका हुन् । रंगमञ्च तथा चलचित्रमा कलाकारितासँगै चलचित्र निर्देशनमा समेत सक्रिय देखिएका अनुप बरालले यो म्युजिक भिडियो निर्देशक गरेका हुन् । प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।

भिडियोमा एउटा साधारण परिवारकी महिलाले स्वतन्त्र भएर जिउन खोजेको कथा प्रस्तुत गरेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu