भूकम्पको पिडा भुलाउन ‘बुद्धको आँखा हेर’ (भिडियो सहित)



buddaka-aankha

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्प पछि सोहि विषयमा केन्द्रित भएर धेरै गीत संगीत बजारमा आइसकेका छन् । भूकम्पको पिडा भुलाउन भन्दैं तयार भएका भूकम्प सम्बन्धी गीतहरुले यति बेला राम्रै चर्चा पनि पाइरहेका छन् । त्यहि क्रममा रंग पत्रकार अर्जुन के आरले पहिलो पटक निर्देशन गरेको ‘बुद्धको आँखा हेर’ बोलको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा सुरविर पण्डितले भुख्य भुमिका निभाएका छन् भने उनीसँगै भिडियोमा दिपकराज गिरी, दीपाश्री निरौला, झरना थापा, जितु नेपाल, निर्मल शर्मा लगायतका कलाकारले साथ दिएका छन् । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

ज्योती प्रकाश र जुनाई प्रसाईँको आवाजमा रहेको गीतलाई पत्रकार मधु शाहीले लेखेकी हुन् । गीतमा ज्योती प्रकाशको संगीत छ । भूकम्पपछि पछि देश निर्माणमा उठ्नु पर्ने सन्देश भिडियोले दिएको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu