भूकम्पमा प्रेमिका गुमाउँदाको पिडा पोख्दैं विश्व शान्त राई (भिडियो)



biswa-shanta-rai

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्पले करिब ९ हजार भन्दा बढिको ज्यान गएको छ भने २२ हजार भन्दा बढि व्यक्तिहरु घाईते भएका छन् । यो अवस्थामा धेरैले आफ्ना आफन्त गुमाएका छन् र यहि पिडा भुल्न अहिले बजार धेरै गीत संगीतहरु पनि सार्वजनिक भएका छन् ।

यसै क्रममा गायक तथा संगीतकार विश्व शान्त राईले भूकम्पमा परि आफ्नी प्रेमीकाले ज्यान गुमाउँदाको पीडा गीतमार्फत पोखेका छन् । ‘तपाईले मात्र आफ्ना आफन्त गुमाउनु भएको छैन म र म जस्ता धेरैले आफ्ना आफन्त गुमाएका छौं’ भन्दै राईले आफ्नो आवाज र संगीतमा सजिएको अलविदा नामक बोलको भिडियो सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतलाई गायक राई आँफैले लेखेका हुन् । म्युजिक हाइलाइटले बजारमा ल्याएको उक्त भिडियोमा ओम प्रसाईँको सम्पादन र छायांकन रहेको छ । भिडियोमा सोनी खड्काले अभिनय गरेकी छिन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu