दमौलीलाई चलचित्र गन्तव्य बनाउन माग



damauli

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पछिल्लो समय धेरै नेपाली चलचित्रको छायांकन हुँदै आएको तनहुँको दमौलीलाई चलचित्र गन्तव्य बनाउँन स्थानिय कलाकारहरुले चलचित्र विकास बोर्डसँग माग राखेका छन् । तनहुँका कलाकार तथा चलचित्र सम्बद्ध व्यक्तिहरुले दमौलीलाई चलचित्र सुटिङको गन्तव्य बनाउन माग गर्दै आइतबार चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष राजकुमार राईसंग भेट गरि यस्तो माग राखेका हुन् ।

दमौली तथा आसपासमा चलचित्र सुटिङका लागि पर्याप्त पूर्वाधार रहेको भन्दै यस क्षेत्रलाई सुटिङ गन्तव्यको रुपमा विकास गर्न माग गरेका छन् । पछिल्लो समयमा दमौलीमा चलचित्र सुटिङको क्रम पनि बढ्दै गएको र यहाँका प्राकृतिक र सांस्कृतिक सम्पदाका कारण पनि यस क्षेत्रलाई सुटिङको गन्तव्यका रुपमा विकास गर्न सकिने कलाकार प्रमोद पाण्डेले बताए ।

भेटमा बोल्दै अध्यक्ष राईले आफूले अध्ययन गरेर विकासका लागि पहल गर्ने बताए । यस विषयमा आफुले पहल गर्ने बताउँदै अध्यक्ष राईले दमौलीलाई चलचित्र गन्तव्य बनाउन सबैको साथको आवश्यक रहेको पनि बताएका छन् । कलाकारहरु किशोर खनाल, मनिराज थापा, प्रमोद पाण्डे लगायतको टोली आइतबार अध्यक्ष राईलाई भेट्न विकास बोर्ड पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu