ऋतिक हुनेछैनन् ‘धूम-४’ मा



hritik-roshna-dhoom-4

बलिउडको सफल चलचित्र धूमको चौँथो श्रृखला ‘धूम-४’ मा ऋतिक रोशनले काम गर्ने हल्लालाई निर्देशक विजय कृष्णा आचार्यले खण्डन गरिदिएका छन् । उनले ऋतिक रोशन धूम-४ मा नरहने बताएका छन् ।

धूमको हालसम्मको सिक्वेलमा काम गर्ने मुख्य अभिनेतालाई अहिलेसम्म दोहोर्‍याईएको छैन । त्यसैले पनि चलचित्र धूम-४ मा ऋतिक भुख्य भुमिकामा नरहने बताइएको छ । धूमको पहिलो भागमा जोन अब्राहम, दोस्रो भागमा ऋतिक रोशन र तेस्रो भागमा आमिर खानले अभिनय गरेका थिए । चलचित्रको सम्पुर्ण सीरिजले राम्रो व्यापार गरेका कारण चलचित्र धूमको चौँथौ सीरिज पनि निर्माण गरिन लागिएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार चलचित्र धूम-४ मा बलिउडका सुपरस्टार शाहरुख खान देखिने सम्भावना रहेको छ । शाहरुखको अलवा चलचित्रमा रणवीर कपूर वा रणवीर सिंह रहन सक्ने सम्भावना पनि रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu